काठमाडौं । बागलुङ र बाँकेमा चौथो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति बागलुङको बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।
उहाँका अनुसार यसअघि बन्द बैंक तथा वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको छ । अब बैंक तथा वित्तीय संस्था बुधबार र आइतबार बिहान ७ देखि १० बजेसम्म खुला रहने छ । बैठकले यही जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण र मृत्यु दर नघटेको जनाउँदै बर्दियामा पनि स्थानीय प्रशासनले चौथो पटक निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै १० दिन जिल्लाभर निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ जेठ २०७८, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो
सुर्खेतमा निषेधाज्ञा: बिहानैदेखि भेला हुन रोक
भरतपुरमा अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू