काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग ७ वटा मन्त्रालय राखेका छन् । जसमा रक्षा र गृह मन्त्रालय पनि छन् । प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राखेका छन् । यसपटक मन्त्रिपरिषद प्रधानमन्त्रीसहित १७ सदस्यीय बनेको छ ।
मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन्। त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ मन्त्रीका रुपमा यथावत रहनेछन् । स्वास्थ्य मन्त्रीका रुपमा शेरबहादुर तामाङले शपथ लिनेछन् । जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाउँदैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ जेठ २०७८, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जनताको साथमा छ: प्रधानमन्त्री ओली
मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा
संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाने
अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमा रहनुहोस्: प्रधानमन्त्री ओली
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री ओली