काठमाडौं । अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका –३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर जाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
स्वास्थ्य समस्या देखिएपछि यही जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ १४ गते एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमित महिलाका परिवारले घरैमा लगेर आइसोलेशनमा राख्ने बताएपछि अस्पतालले डिस्चार्ज गराएको थियो । अस्पतालबाट घर नपुग्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाले सहयोग गर्ने भएको छ ।
जिल्लामा यससहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० जेठ २०७८, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु