मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १७ : ३९
मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाएका हुन्। 

बैठकमा नियमित एजेन्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए। कोरोना भाइरस कोभिड-१९ संक्रमण तथा रोकथामका विषयमा बैठकमा छलफल हुनेछ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी विधेयक ल्याउन लागेको छ। 

बिहीबारको बैठकमा विधेयकमाथि छलफल हुनेछ। ‘आजको बैठकमा एउटा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी विधेयकमाथि छलफलको कार्यसूची पनि छ’, ती मन्त्रीले भने, ‘अन्य नियमित विषयमा छलफल हुनेछ।’   
 

प्रतिक्रिया दिनुहोस