कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १३ : २८
कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

रूपन्देही । भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।सो अस्पतालमा कार्यरत कपिलवस्तुका ३५ वर्षीय पशुपति रजौरियाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।

अस्पतालका प्रशासन प्रमुख शुशिल गुरुङका अनुसार धेरै संक्रमितको ज्यान बचाएका डाक्टर रजौरियाको संक्रमणकै कारण मृत्यु भएको हो । उनले कोरोनाविरूद्वको खोप लगाएका थिएनन् । भर्खरै विवाह गरेका श्रीमान श्रीमति नै कोभिडसंगै लडिरहेका थिए ।

श्रीमति डा हसिना वानुले कोभिड परास्त गरेपनि डा.रजौरियाले हारेका छन् । उनीहरु दुवै जना भैरहवाको सोही अस्पतालमा कार्यरत थिए । श्रीमति वानु प्रसुती तथा स्त्री रोग विशषज्ञ हुन् । उनीहरुको केही समयअघि मात्रै विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस