पाकिस्तान । अमेरिकाले सेना फिर्ता गरेपछि अफगानिस्तानमा फेरि गृहयुद्ध निम्तनसक्ने चिन्ता पाकिस्तानले व्यक्त गरेको छ । पाकिस्तानका विदेश मन्त्री शाह महसूद कुरैशीले अफगानिस्तानका सभामुख मीर रहमान रहमानीसँगको वार्ताका दौरान यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
युद्धरत अफगान समूहहरुबीच सम्झौता हुनअघिदेखि नै सम्बन्ध बिग्रन थालिसकेको उनले बताएका छन् । दुई दिनपछि फेरि एकपटक अफगानिस्तानमा सरकार र तालिवानबीच वार्ता हुँदैछ । यद्यपी, यस वार्ताबाट कमैमात्र आशा रहेको कुरैशीले बताएका छन् । अमेरिकी फौज फिर्ता गएपछि अफगानिस्तानमा गृहयुद्ध निम्तनसक्ने आशंका पाकिस्तानलाई लागेको उनले बताएका छन् । कुरैशीका अनुसार अघिल्लो वर्षको सेप्टेम्बरदेखि सुरु भएको शान्ति प्रक्रियामा अहिलेसम्म खासै धेरै उपलब्धि देखिएको छैन । जे–जति प्राप्त भएको छ, त्यसका लागि पनि सामान्य मुद्दाहरुमै लामो समय बहस गर्नुपरेको छ ।
‘अफगान समूहहरुसँग देशको भविष्यका लागि व्यापक मजबुत सम्झौता गर्न सकिने एक सुनौलो मौका छ । त्यहाँको शान्ति र समृद्धीका लागि यो उपलब्धिमुलक हुनसक्छ । अफगान समूहहरुले यसको पुरै फाइदा उठाउनुपर्छ र अवसरलाई खेर जान दिन हुँदैन,’ पाकिस्तानको विदेश मन्त्रालयका तर्फबाट जारी गरिएको आधिकारीक विज्ञप्तिमा भनिएको छ ।
अमेरिकाको राष्ट्रपतिका रुपमा जो बाइडेनले सपथ लिएपछि तालिवान र अमेरिकाबीच विगतमा भएको सम्झौतालाई समिक्षा गरिने बताएका थिए । पूर्व सम्झौताअनुसार मेईमा अफगानिस्तानबाट अमेरिकी फौजलाई फर्काउन असमर्थ रहेको पनि उनले बताएका थिए, यद्यपी सेप्टेम्बर ११ को वर्षगाँठभन्दा पहिले नै आफ्नो फौजलाई अफगानिस्तानबाट निकाल्ने उनले बताएका छन् ।
अन्तर्राष्ट्रिय समुदाय र पाकिस्तानले अफगानिस्तानको सरकार र विद्रोहीलाई वार्ताको मञ्चमा आउन र सबै विवाद अन्त्य गर्न अपिल गरेपनि यसको कुनै असर नदेखिएको पनि पाकिस्तानले जनाएको छ । पाकिस्तानले अफगानिस्तानमा अन्तरिम सरकार बन्नुपर्ने धारणा राखेको थियो । यद्यपी, अफगानिस्तानका राष्ट्रपतिको विरोधका कारण यो प्रक्रिया अघि बढ्न सकेन । यता, तालिवानका नेताहरुले पनि शान्ति प्रक्रियाबाट कुनै उपलब्धि हासिल नभएको तर्क गर्न थालेका छन् ।
पाकिस्तानी पत्रिका द डनका अनुसार पछिल्लो समय तालिवानले अफगानस्तिानका केही ठूला र मजबुत इलाका आफ्नो कब्जामा लिएको छ । वर्तमान समय अफगानिस्तानको राष्ट्रिय सेनाले देशको ५० प्रतिशत हिस्सामा मात्रै नियन्त्रण कायम राखेको छ । ३० प्रतिशत भूमी तालिवानको कब्जामा छ भने बाँकी २० प्रतिशत भूमीमा झडप जारी छ ।
अफगानिस्तानमा अहिले झन्डै २५ सय अमेरिकी फौज र सात हजार नेटो सैनिक परिचालित छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० जेठ २०७८, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल