५ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १२ : ४९
५ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–३ बाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका २० वर्षीय राम आशिष सदा छन् ।

गोदावरी नगरपालिका–३ स्थित मोतिचौरको निर्माणाधिन होटलमा लगेर राम आशिषले ५ वर्षीया बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । आरोपी गोदावरीमा बस्दै आएका थिए । आइतबार साँझ उनले बालिका बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस