अर्मेनियासँग क्रोएसिया बराबरीमा रोकियो

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १२ : २९
अर्मेनियासँग क्रोएसिया बराबरीमा रोकियो

काठमाडौं । विश्वकपको उपविजेता टोली क्रोएसिया मैत्रीपूर्ण खेलमा अर्मेनियासँग बराबरीमा रोकिएको छ।जुन ११ देखि सुरु हुने युरोकपका लागि तयारीमा स्वरुप खेलिएको खेलमा क्रोएसियाले पहिले अग्रता बनाए पनि जित हात पार्न सकेन ।

मंगलबार राति  घरेलु मैदानमा भएको खेलमा इन्टरका इभान पेरिसिकले २४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।तर, दोस्रो हाफमा अर्मेनियाले बराबरी गोल फर्कायो । अर्मेनियाका व्बेमारले ७२औं मिनेटमा गोल गरेका थिए ।

क्रोएसियाले सहजै खेल जित्ने अपेक्षा गरिए पनि निराशाजनकरुपमा बराबरी खेलेको हो ।युरो २०२० को समूह डी मा रहेको क्रोएसियाले जुन १३ मा इंग्ल्याण्डसँग पहिलो खेल खेल्नेछ । यस समूहमा स्कटल्याण्ड र चेक रिपब्लिक पनि छन् ।यस्तै अर्को मैत्रीपूर्ण खेलमा पोल्याण्ड र रसियाले १-१ को बराबरी खेलेका छन् ।

यस्तै स्लोभाकिया र बुल्गेरिया तथा नर्थ मेसेडिया र स्लोभेनियाले पनि १-१ कै बराबरी खेलेका छन् । इस्टोनियाले लिथुअनियालाई १-० ले र कोसोभोले सान मारिनोलाई ४-१ ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस