सिलिन्डर विस्फोट हुँदा २ घर भत्कियो,  ७ जनाको मृत्यु

एजेन्सी

बुधबार, १९ जेठ २०७८, ०८ : ५०
सिलिन्डर विस्फोट हुँदा २ घर भत्कियो,  ७ जनाको मृत्यु

एजेन्सी । उत्तर प्रदेशको गोंडा जिल्लामा मंगलबार राति सिलिन्डर विस्फोट हुँदा ३ बच्चासहित ७ जनाको मृत्यु भएको छ । अन्य ७ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय वजीरगन्ज क्षेत्रको टिकरी गाउँमा सिलिन्डर विस्फोट भएर दुई घर पूर्णरुपमा क्षतिग्रस्त भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । जहाँ १४ जना फसेकोमा प्रहरीले ७ जनाको शव निकालेको र ७ जनाको गम्भीर अवस्थामा उद्दार भएको हो । मृकमा २ पुरुष, २ महिला र ३ बच्चा रहेका छन् ।

गम्भीर घाइते ७ जनालाई स्थानीय अस्पतालमा उपचारपछि लखनउ ट्रमा सेन्टर रिफर गरिएको छ । समाचारअनुसार टिकरी गाउँ निवासरी नुरुल हसनले पटका बनाउने लाइसेन्स पाएका छन् । मंगलबार राति ११ बजे उनको घरमा एकाएक सिलिन्डर विस्फोट हुन पुगेको थियो ।

सो शक्तिशाली विस्फोटबाट उनकोसहित अर्को घरमा पनि क्षतिग्रस्त बनेको हो।   प्रहरीले विस्फोटको कारण पत्ता लगाउन फोरेन्सिक टीमलाई बोलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस