अफगानिस्तानमा चार सर्वसाधारणको मृत्यु

एजेन्सी

मंगलबार, १८ जेठ २०७८, २१ : ०८
अफगानिस्तानमा चार सर्वसाधारणको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं । अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको बिस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । 

प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।  अफगानिस्तानमा पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरु तिब्र रुपमा बढेका छन् ।

यी आक्रमणबाट खासगरी अफगान सुरक्षाफौज र सर्वसाधारणको ज्यान गइरहेको मानव अधिकारवादीहरुले बताएका छन् । आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिक फिर्ती प्रक्रिया जारी रहेकै अवस्थामा यी हिंसात्मक घटनाहरु अझ बढेका छन् । 

विवरण अनुसार, केही सातादेखि बाघलान, हेल्मन्ड, कुन्दुज, कान्दाहार र लाघमान प्रान्तमा सरकारी फौज र तालिबान समेतका विद्रोहीहरुबीच भिडन्तहरु जारी छन् ।

प्रतिक्रिया दिनुहोस