कोरोना सङ्क्रमित हुने भन्दा परास्त गर्ने धेरै

रासस

मंगलबार, १८ जेठ २०७८, १९ : ४६
कोरोना सङ्क्रमित हुने भन्दा परास्त गर्ने धेरै

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८९८ कोरोना  सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् भने  सोही अवधिमा ६ हजार ८५ मा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ को पिसिआर र  ३ हजार १८  जनाको एन्टिजेन परीक्षण गर्दा पिसिआर मार्फत  ५ हजार २८५ र एन्टिजेन मार्फत ८००  सङ्क्रमित पुष्टि भएको हो ।

 यस्तै हाल देशभर एक लाख ४ हजार ७८९  सक्रिय सङ्क्रमित छन ।  मन्त्रालयको अनुसार सोही अबधिमा देशभर ६८ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ४५४ पुगेको छ । हालसम्म सङक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ५४ हजार ३४४ छ । 

अनावश्यक  टिप्पणी नगर्न आग्रह 
मन्त्रालयले कोभिड–१९ को महामारीका सम्बन्धमा अनाधिकृत व्यक्तिले अनावश्यक बोल्न र टिप्पणी नगर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा कृृष्णप्रसाद पौडेलले आज सूचना जारी  गर्दै जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायले आमसञ्चारमाध्यममा बोल्ने र टिप्पणी नगर्न आग्रह गरेका हुन् । 

यस्ता गतिबिधिले धेरैलाई द्विबिधा  र भ्रमित बनाउने गरेकाले यस्तो कार्य नगर्न विज्ञप्तिमा भनिएको छ ।  “कोभिड–१९ का सम्बन्धमा समग्र जनस्वास्थ्यका बिषयमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय वाहेकले आधिकारिक जानकारी वा पुष्ट््याइ गर्ने कार्यलाई रोकिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरी पठाउने र सार्वजनिक रुपमा सवैलाई अनुरोध गर्ने ” सूचनामा  उल्लेख छ । मन्त्रालयले अनाधिकृत सूचना तथा जानकारी प्रकाशन प्रसारण गर्न नगराउन अनुुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस