संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई नै निरन्तरता

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १० : २६
संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई नै निरन्तरता

काठमाडौं । संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई निरन्तरता दिइएको छ ।  प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबराले मंगलबार दुवै न्यायाधीशलाई निरन्तरता दिएर इजलास गठन गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा स्वार्थ बाझिएको भनेर कानुन व्यवसायीहरुले दुई न्यायाधिशलाई इजलासबाट पछाडी हट्न दबाव दिएका थिए । त्यसबारे निर्णय गर्नका लागी सोमबार पेशी स्थगित गरिएको थियो । 

विघटन मुद्दाको पेशी मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बेन्चमा बस्ने वा अलग हुनेबारे निर्णय गर्ने अधिकार न्यायाधीशलाई नै हुने संकेत गरेका थिए । तर, न्यायाधीहरुले बेन्च छाड्ने बारे निर्णय नदिएपछि उनिहरुलाई नै बेन्चमा निरन्तरता दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस