आजको मौसम : सामान्य बदली सहित अधिकांश स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, ०७ : ५५
आजको मौसम : सामान्य बदली सहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मंगलबार देशका अधिकांश भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका  एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना समेत रहेको छ ।  यसैगरी राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।  

बाँकी भूभागमा भने आंशिक बदली रहनेछ । यस्तै प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकि प्रदेशमा एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना सम्भावना रहेको छ।  हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

प्रतिक्रिया दिनुहोस