विपक्षी गठबन्धनको निष्कर्ष : सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, ११ : ५२
विपक्षी गठबन्धनको निष्कर्ष : सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन

काठमाडौं । विपक्षी गठबन्धनले सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ । 

आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा शीर्ष नेताहरुले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर सरकारले गल्ती गरेको बताए ।  काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलमा सरकारको आलोचना भएको थियो । 

अध्यादेशबाट बजेट ल्याएको विरोधमा संयुक्त विज्ञप्तिमार्फत साझा धारणा सर्वजनिक गर्न लागिएको छ । केहीबेरमा विपक्षी गठबन्धनका तर्फबाट संविधान विपरीत सरकारबाट भएका गतिविधिको विरोधमा संयुक्त विज्ञप्ति सार्वजनिक गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस