देउवा निवासमा जुटे विपक्षी गठबन्धन, सरकारविरुद्ध उच्चस्तरको रणनीति बनाउँदै

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १० : ३४
देउवा निवासमा जुटे विपक्षी गठबन्धन, सरकारविरुद्ध उच्चस्तरको रणनीति बनाउँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धन छलफलमा जुटेका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुहरु सरकारविरुद्ध रणनीति बनाउन छलफलमा जुटेका हुन् । 

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाई हुँदैछ । सरकारका विरुद्ध राजनीतिक प्रतिवाद कसरी गर्ने भन्ने बारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

विहान सवा ९ देखि छलफल सुरु भएको हो । छलफलमा कांग्रेसबाट देउवाका साथै रामचन्द्र पौडेल, ज्ञानेन्द्रवहादुर कार्की सहभागी छन् भने एमालेबाट निष्कासित नेताहरु माधवकुमार नेपाल र भीम रावल तथा माओवादी अध्यक्ष प्रचण्ड, कृष्णवहादुर महरा, देव गुरुङसहितका नेता छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पनि छलफलमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस