उपेन्द्रलाई महन्थको काउन्टर स्पष्टीकरण : चित्तबुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : २४
उपेन्द्रलाई महन्थको काउन्टर स्पष्टीकरण : चित्तबुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन

काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई काउन्टर स्पष्टीकरण सोधेका छन् ।  

२४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण नबुझाए उपेन्द्रलाई दलबाट निष्कासन गर्ने चेतावनी महन्थले दिएका छन् । यसअघि उपेन्द्रले पनि महन्थलाई २४ घन्टे स्पष्टीकरण सोधेका थिए । उनले पनि चित्तबुझ्दो जवाफ नआए पार्टीबाट महन्थलाई निष्कासन गर्ने जनाएका छन् । 

यादवले सोही व्यहोराको २४ घण्टे स्पष्टीकरण सोधेलगत्तै ठाकुरले पनि काउन्टर जवाफ दिएका हुन् ।
 

प्रतिक्रिया दिनुहोस