अर्थमन्त्री पौडेलले शुरू गरे बजेट भाषण ( LIVE)

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : १३

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र०७९ को बजेट भाषण पढ्न शुरू गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्रीले बजेट भाषण शुरू गरेका हुन् ।

कोरोना महामारीबाट थलिएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेटमा केही नयाँ कार्यक्रम आउने अपेक्षा राखिएको छ । 

प्रतिनिधि सभा नभएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको थियो ।

बजेट भाषण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रिपरिषद्का सदस्य, नेकपा एमालेका नेताहरू लगायत उपस्थित छन् ।
 

प्रतिक्रिया दिनुहोस