बजेट भाषणको तयारी पुरा, अर्थमन्त्री पौडेल बजेट वक्तव्य बोकेर प्रधानमन्त्री कार्यालय पुगे

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : ०९
बजेट भाषणको तयारी पुरा, अर्थमन्त्री पौडेल बजेट वक्तव्य बोकेर प्रधानमन्त्री कार्यालय पुगे

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को आयव्यय विवरण केही बेरमा प्रस्तुत गर्दैछन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उनले बजेट भाषण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित तीनवटा अध्यादेश जारी गरेपछि वाचनका लागि पौडेल सिंहदरबार पुगेका हुन्। केहीबेर अघि सरकारको सिफारिसमा भण्डारीले विनियोजन अध्यादेश, २०७८ सँगै आश्रित अध्यादेशहरु आर्थिक अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी थिइन्।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकाले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि आय र व्ययको विवरण सार्वजनिक गर्न लागेको हो।

संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्नुपर्ने भए पनि प्रतिनिधिसभा विघटन गरेपछि केपी ओली नेतृत्वको सरकारले अध्यायदेशबाट बजेट ल्याउन लागेको हो।

केहीबेरमा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै छन्। आगामी आर्थिक वर्षका लागि सरकारले करिब १७ खर्बको बजेट ल्याउने तयारी गरेको छ।

चुनाव घोषणा गरेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी बजेट ल्याउने सरकारको तयारी छ। आर्थिक वृद्धिदर ऋणत्मक अवस्थामा पुगे पनि सरकारले वृद्धाभक्ता र कर्मचारीको तलब बढाउने तयारी गरेको बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस