उपेन्द्र यादव पक्षले फेरि सोध्यो महन्थ पक्षलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १४ : १४
उपेन्द्र यादव पक्षले फेरि सोध्यो महन्थ पक्षलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन

काठमाडौँ । जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षले फेरि अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई स्पष्टीकरण सोधेको छ । 
२४ घन्टाभित्र स्पष्टीकरणको जवाफ दिन माग गरिएको छ ।

उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहितका नेतालाई सोधेको यसपटकको स्पष्टीकरण दोस्रो हो । २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआए महन्थ ठाकुरलगायतका नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ। ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई यादव पक्षले स्पष्टीकरण सोधेको हो।

जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले स्पष्टीकरण महन्थ ठाकुर पक्षलाई पठाएका हुन् । यसअघि जेठ ११ गते महन्थ ठाकुरलगायतका नेतालाई उपेन्द्र यादव पक्षले ७२ घण्टे स्पष्टीकरण सोधेको थियो। जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा बाबुराम भट्टराई उपेन्द्र यादव पक्षमा ३० जना रहेको दावी गरिएको छ ।  जसपामा दुई धार देखिएको हुनाले पार्टी फुटको संघारमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस