लगातार वर्षाका कारण नारायणी नदीको सतह बढ्दै

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, ११ : ५५
लगातार वर्षाका कारण नारायणी नदीको सतह बढ्दै

चितवन । निरन्तरको वर्षापछि नारायणी नदीको सतह बढेको छ । नारायणीले क्षति पु¥याउन सक्ने जोखिम उच्च रहेको भन्दै चितवन प्रशासनले तटिय क्षेत्रका स्थानियलाई सचेत रहन आग्रह गरेको छ ।

भरतपुर महानगरपालिकाको पश्चिम क्षेत्रको २६ र २७ नम्वर वडामा नारायणी नदीले कटान गर्न सक्ने जोखिम बढेकाले सो क्षेत्रमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने नेतृत्वको टोलीले निरीक्षण गरेको छ ।

केही स्थानमा कटान हुन थालेको स्थानियहरुले बताएका छन् । नारायणी नदीको बाढीले वर्षेनी पश्चिम चितवनका विभिन्न क्षेत्रमा कटान गर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस