काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको निर्णय लत्याएर नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु अराजनीतिक र झेली काम भएको टिप्पणी गरेका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले संसदीय दलको निर्णय नमान्ने राजनीतिक दलका गुटगत पद्धति राजनीतिक अस्थिरताको कारण भएको दावी गरे ।उनले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु जनताको सार्वभौम अधिकारलाई अस्वीकार गर्नु रहेको उल्लेख गरे ।
उनले भने–‘लोकतान्त्रिक पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिने छ । निर्वाचन निष्पक्ष हुने कुरामा मैले बारम्बार प्रतिबद्धता जनाएको छु । निर्वाचनका लागि सबै दलहरूलाई सरकारमा सहभागी बन्न आग्रह गर्दछु ।’ उनले आफूले प्रतिनिधि सभा पुरै अवधी चलोस् भनेर कुनै कसर बाँकी नराखेको पनि दावी गरे । उनले आफ्नो प्रयासलाई सफल हुन नदिइएको दावी गर्र्दै संसद पूरै चल्नु वा सरकारले ५ बर्ष पूरा गर्नुपनि राजनीतिक स्थायित्वका लागि प्रयाप्त नहुने उनले बताए ।
उनले भने–‘राजनीतिक स्थायित्वका लागि नीतिगत निर्णय, कार्यहरुको निरन्तता र कार्यान्वयनको सुनिश्चितता हुनु हो । राजनीतिक स्थायित्व राष्ट्रियताको संरक्षण र सम्बर्द्धन हो । हामी जनताको हित हुने किसिमको राजनीतिक स्थायित्वको पक्षमा छौँ ।’ उनले आफ्नो लागि सत्ता साधन मात्र भएको र साध्य नभएको दावी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ जेठ २०७८, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हामीले भारत-पाकिस्तानलाई संयमित हुन आग्रह गर्यौँ, नभन्दै युद्ध रोकियो: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली लुम्बिनीमा
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री ओली
‘पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गरिएको छ’: प्रधानमन्त्री ओली
‘सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने’: प्रधानमन्त्री ओली
सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको १५ बुँदे ब्रिफिङ