काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जानु प्रतिगमन नभएको दाबी गरेका छन्।
उनले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका हुन्। उनले संसद सञ्चालनका लागि सबै किसिमको प्रयास गरेपनि त्यसमा असफल भएको र आफू असफल हुनुमा अन्य दलहरुको निर्दलीय चरित्र भएको आरोप लगाए।
उनले केही सिप नलागेपछि मात्रै जनादेशमा जाने निर्णयमा आफू पुगेको बताए।
उनले नेकपा भंग हुनुमा आफू दोषी नभएको पनि दाबी गरेका छन्। उनले नेकपा एकताका लागि अन्तिमसम्म प्रयास गरेको दाबी गरे।
अर्कोतिर उनले आफ्नै पार्टीका नेताहरुको असहयोगले पनि आफूलाई ताजा जनादेशमा जान बाध्य बताएको बताए।
उनले आफूविरुद्ध गठबन्धन निर्माण नभएको भए र घेराबन्दी गरेर आफूलाई हटाउन नखोजेको यस्तो स्थिति नआउने पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ जेठ २०७८, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री