प्रधानन्यायाधीश जबराको नेतृत्वमा यि चारजना न्यायधिस सम्मिलत तोकियो संवैधानिक इजलास

रासस

शुक्रबार, १४ जेठ २०७८, १० : २८
प्रधानन्यायाधीश जबराको नेतृत्वमा यि चारजना न्यायधिस सम्मिलत तोकियो संवैधानिक इजलास

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई समेटेर संवैधानिक इजलास गठन गरेका हुन् । 

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आजदेखि बहस शुरू हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइको माग गर्दै दर्ता भएका ११ तथा संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिमा प्रक्रिया नपुगेको भन्दै परेका अन्य १९ रिटमाथि संवैधानिक इजलासमा बहस हुन लागेको हो ।

प्रधानन्यायाधीश जबराको एकल इजलासले बिहीवार प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तिमा प्रक्रिया नपुगेको भन्दै परेका रिटमाथि सुनुवाई गर्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । अब पाँचजना न्यायाधीश रहेको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । 

संसद पुनःस्थापनाको तीन महिनापछि २०७७ जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसको विरुद्ध सर्वोच्चमा रिट परेको हो । रिटमा प्रतिनिधि सभा पुनःस्थापना  र धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेशको माग गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस