सेती अस्पतालमा सङ्क्रमितको मृत्यु  शून्य

रासस

विहीबार, १३ जेठ २०७८, २० : ३०
सेती अस्पतालमा सङ्क्रमितको मृत्यु  शून्य

काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४घण्टामा शून्यमा झरेको छ ।  कोरोनाको दोस्रो लहर फैलिएसँग सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर आज शून्यमा झरेको हो । 

अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो२४घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४मा सङ्क्रमणको पुष्टि भएको छ । अघिल्ला दिनको तुलनामा सङ्क्रमण दर पनि आज घटेको छ ।

अस्पतालमा४४ सङ्क्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटरमा,१५को सघन उपचार कक्ष,२५जनाको अक्सिजनको सहयोगमा उपचार व्यवस्थापन भइरहेको छ । 

यस वाहेक मोड्रेट केशका चार  र आकस्मिक कक्षमा पाँच जनाको उपचार भइरहेको छ । सो अवधिमा २८ उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ भने छ जना भर्ना हुनु भएको छ ।  यसै बीच आज सुदूरपश्चिम प्रदेशभर नौ सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कञ्चनपुर र कैलालीका चार ÷चार तथा अछामका एक  सङ्क्रमितको मृत्यु भएको हो ।

पछिल्लो२४घण्टमा प्रदेशमा एक हजार ९८७ जनाको एन्टिजेन र पिसिआर परीक्षण हुँदा ४८७  नयाँ सक्रमित थपिएका छन् । यो अवधिमा ५६९  उपचार व्यवस्थापन पछि घर फर्किएका छन् । 

 प्रदेश भरीको तथ्याङ्क विश्लेषण गर्दा केही दिन यता कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर घटको छ ।  दोस्रो लहरको कारोना भाइरस फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङक्रमित थपिएका थिए । प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस