कोरोनाबाट १० जनाको मृत्यु

रासस

विहीबार, १३ जेठ २०७८, २० : २१
कोरोनाबाट १० जनाको मृत्यु

काठमाडौं । जिल्लामा कोरोना सङ्क्रमबाट  आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा छ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो  । 

मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई  जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस