निर्वतमान सभापति पालद्वारा सवारी फिर्ता

रासस

विहीबार, १३ जेठ २०७८, १५ : ४६
निर्वतमान सभापति पालद्वारा सवारी फिर्ता

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आउनुभएको सवारी साधन आज फिर्ता गरेकी छन्।

सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन् । निर्वतमान सांसद पालले भनिन्, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी फिर्ता आज गरेको छु ।”

प्रतिक्रिया दिनुहोस