प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा परेको रिट मध्ये १९ वटाको पेशी आज हुँदै

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, ०८ : ४६
प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा परेको रिट मध्ये १९ वटाको पेशी आज हुँदै

काठमाडौं । प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचन घोषणा प्रकरणका सम्बन्धमा सर्वोच्च अदालतमा दायर ३० वटा रिटमध्ये १९ वटाको पेशी बिहीबारका लागि तोकिएको छ । 

राष्ट्रपतिबाट गरिएको प्रतिनिधि सभा विघटन बदर र संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट परेका हुन् ।

३० मध्ये ४ वटा रिटमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरिएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस