ओखलढुंगा । सगरमाथामा बुधबारदेखि बाक्लो हिमपात सुरु भएको छ । बाक्लो हिमपातका कारण आरोहण प्रभावित हुनुका साथै आरोहण गरेर फर्किएका आरोहीहरु दोश्रो शिविरमै रोकिएका छन् । बिहीबार पनि बिहानैदेखि हिमपात भइरहेको छ ।
आरोहण गरिसकेका आरोहण कम्पनीका कामदारहरले दोस्रो शिविरदेखि सामान लिएर फर्किन सकेका छैनन् । केही आरोहीहरु फर्किने क्रममा घाइते भई उद्धारका लागि हेलिकप्टर मगाए पनि खराब मौसमका कारण लुक्लादेखि आधारशिविर नै हेलिकप्टर जान नसकेको आधारशिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमले बताए ।
दोस्रो शिविरको सामान उठाउन आधारशिविरबाटै उच्च हिमाली कामदारहरु उकालो जान नसकेको उनले फेसबुकमा जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘केही शेर्पाहरू माथिका टेन्ट उठाउन राति उकालो लागे तापनि पहिलो शिविरमाथि भारी हिमपातका कारण त्यही रोकिएको खबर आएको छ । हामीले सबैलाई सचेत पूर्वक मौसम नसुध्रिएसम्मका लागि यथास्थितिमा रहन भनिरहेका छौँ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १३ जेठ २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालिको आरोहण सिजनमा सयौँ चढे सगरमाथा
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
असई कुन्जाङले चढिन् सगरमाथा
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र