एम्बुलेन्समा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, १३ : ११
एम्बुलेन्समा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

सुनसरी । एम्बुलेन्समा अबैध लागूऔषध गाँजा ल्याउँदै गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीले धरान उपमहानगरपालिका २ स्थित सडकबाट को १ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका १५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र धनकुटा सहिदभूमि गाउँपालिका-१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।उनीहरुलाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस