आँपटारी देखि मुग्लिनसम्म

मुना सडकखण्ड अपडेट : बैशाख १५ सम्म पहिलो तहको कालोपत्रे भईसक्ने (भिडियो)

विहीबार, २२ चैत्र २०७४, ०८ : ०७

चितवन । नारायगढ देखि मुग्लिनसम्मको सडकखण्ड सबैको चासोको बिषय हो । राजधानी भित्रिने मुख्य सडकखण्डको ३३ दशमलव २ किलोमिटर यहि सडकखण्ड पर्छ । सडकको स्तरोन्नती गर्न यातायतलाई रोकेर दैनिक जसो काम हुन लागेको पनि करिब ३ बर्ष पुग्न थाल्यो । 
यो सडकखण्ड भएर यात्रा गर्ने सर्वसाधारणहरु कष्टकर यात्रा गर्न बाध्य छन् । निर्माणका जिम्मा पाएका ३ वटा कन्ट्रकशन कम्पनीहरुले विभिन्न समस्या देखाउदै पटक पटक म्याद थप गर्दै आईरहेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार आजसम्म ८५ दशमलव ४७ प्रतिशत प्रगति हासिल गरेको सफल खबरलाई जानकारी दिनुभयो । 
जम्मा ३३ दशमलव २ किलोमिटर सडक मध्ये २७ दशमलव ४ किलोमिटरमा पहिलो तहको कालोपत्रे, २३ दशमलव २ किलोमिटर दोस्रो तहको कालोपत्रे र ३ दशमलव ४ किलोमिटर तेस्रो तहको कालोपत्रे गर्ने कार्य सम्पन्न भसकेकाे छ । 
अबको १ महिना अर्थाते बैशाख १५ सम्म ३३ दशमलव २ किलोमिटर अर्थात आँपटारी देखि मुग्लिनसम्मकाे पहिलो तहको कालोपत्र गर्ने काम पुरा हुनेछ । बर्षातको समय आएकाले कामलाइ तिब्रता दिइएको आयोजनाका इन्जिनियर खनालले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया दिनुहोस