त्रिशूली अस्पताललाई १ हजार २०० सिलिण्डर अक्सिजन सहयोग

रासस

आइतबार, ०९ जेठ २०७८, १२ : १५
त्रिशूली अस्पताललाई १ हजार २०० सिलिण्डर अक्सिजन सहयोग

त्रिशुली ।कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २००  सिलिण्डर अक्सिजन सहयोग गरेको छ । 

राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कडेँल र व्यवसायी दिनेश ढकालले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, नेकपा एमाले नुवाकोटका सचिव काशीराज अधिकारी सहितसँगको छलफलपछि सिलिण्डर हस्तान्तरण शुरु गरेका हुन ।

मन्त्री पाण्डेले र महामारीका समयमा सहयोग गरेकामा धन्यवाद दिँदै उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताए। नुवाकोटकको ककनीस्थित उक्त उद्योगले नेपालकै सम्भवतः बढी दैनिक ७०० देखि ७५० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ ।

महत्वपूर्ण व्यवसायिक व्यक्तित्व सिआइपीको सम्मानप्राप्त कँडेल उक्त उद्योगको संस्थापक अध्यक्ष छन् । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अक्सिजन अभावका कारण कुनै पनि जिल्लाबासीको ज्यान नजाओस् भन्ने सोचेर सहयोगका लागि प्रोत्साहन गरिएको हो ।

उक्त सहयोगबारे शनिबार नै अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेण्डेन्ट  डा दीपेन्द्र पाण्डेलाइ जानकारी गराइएको थियो । उक्त सिलिण्डर दैनिक १०÷१० का दरले पठाइनेछ ।
 

प्रतिक्रिया दिनुहोस