म्यानमार । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो ।
गत बर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ । सेनाद्धारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफुहरुले विचार गरिरहेको जानकारी दिएका हुन् ।
“सो पार्टीले अरु पनि अवैधानिक कामहरु गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,” उनले भने । गत बर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो । त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो ।
त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ । म्यानमारमा सेनाले शिर्ष नेताहरुलाई बन्दक बनाउदै सत्ता नियन्त्रणमा लिएर अहिले आफै शासन गरिरहेको छ । गत फेब्रअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ ।(एएनआई)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ जेठ २०७८, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आङसान सुकी सैनिक जेलबाट रिहा, घरमै नजरबन्दमा राखिने
म्यानमारमा नौ हजार बढी कैदीलाई माफी
सैन्य आक्रमणमा म्यानमारको विस्थापितहरूको शिविरमा २९ को मृत्यु
नेपाल म्यानमारसँग पराजित
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा