संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयो : झलनाथ खनाल

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १३ : २५
संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयो : झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल मार्फत नेता खनालले यस्तो बताएका हुन् । 

‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ’ उनले भने । नेता खनालले प्रतिनिधिसभा विघटन र निर्वाचनको घोषणा संविधान विरोधी, प्रतिगामी तानाशाही कदम भएको भन्दै त्यसको प्रतिवादका लागि सबैलाई एकजुट हुन आग्रह समेत गरेका छन् । 

‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु’ उनले भने । 

प्रतिक्रिया दिनुहोस