देउवा निवासमा विपक्षी गठबन्धनको बैठक सकियो, केही बेरमा उपयुक्त निर्णय लिईने नेताहरुको प्रतिक्रिया

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १२ : ३७
देउवा निवासमा विपक्षी गठबन्धनको बैठक सकियो, केही बेरमा उपयुक्त निर्णय लिईने नेताहरुको प्रतिक्रिया

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । 

बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको हिजोको आह्वानका विषयमा छलफल केन्द्रीत भएको बताए । उनले कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक आधा घण्टामै उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिए । 

यस्तै बैठकमा जसपाको उपेन्द्र यादव समूहको समेत सहभागिता रहेको थियो । कग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस