माओवादीको स्थायी कमिटी बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, ११ : ०६
माओवादीको स्थायी कमिटी बैठक बस्दै

file-photo

काठमाडौं ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।केन्द्रीय सदस्य शशी श्रेष्ठका अनुसार बैठक पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजेदेखि शुरु हुँदैछ । माओवादी केन्द्रले बैठकपछि कोरोना नियन्त्रणसम्बन्धी कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

हिजो पनि यही विषयमा केन्द्रित भएर माओवादीको स्थायी कमिटी बैठक बसेको थियो । माओवादीको स्वाथ्य विभागले विज्ञहरुसँग गरेको छलपफलपछि दिउँसो तीन बजे बैठक बसेको थियो ।

‘हिजोको स्थायी कमिटी बैठकमा सबैको सुझाव लिन सकिएन,’ स्थायी कमिटी सदस्य गणेस साहले भने, ‘सबैको सुझाव लिएपछि आज निर्णय लिने कुरा भएको छ ।’साहले कोरोना महामारी नियनत्रणमा लाग्न पहिले पार्टीको संरचना बनाउने र त्यसपछि अरु राजनीतिक पार्टीहरुसँग पनि मिलेर यो विषयलाई संयुक्त रुपमा लैजाने भन्नेबारे छलफल चलिरहेको बताए ।

केन्द्रीय सदस्य श्रेष्ठका अनुसार माओवादीले फेरि पनि सर्व पक्षीय संयन्त्रको कुरा उठाउने छ। ‘सर्वपक्षीय संयन्त्रको कुरा हामीले पहिले पनि उठाएको हो,’ उनले भनिन्, सरकारको पहलमा गरोस् भनेको उल्टो बचन लगायो । सरकारलाई फेरि पनि त्यही कुरा भन्ने हो । भएन भने सरकार भन्दा बाहिर रहेका पार्टीहरुसँग मिलेर सर्व पक्षीय संयन्त्र बनाउने ।’

सर्व पक्षीय संयन्त्र भनेको सर्वदलीय नभइ सर्व पक्षीय हुने उनको भनाइ छ, जहाँ विज्ञ, विशेषज्ञ समेत रहनेछन् । त्यस्तै सबै नागरिकलाई खोप दिन आह्वान गर्ने, स्वाथ्यकर्मीलाई दिनुपर्ने प्रोत्साहान भत्ता दिन सरकारसँग आग्रह गर्ने माओवादीको तयारी छ।

माओवादीले संघ, प्रदेश र स्थानीय तहमा बनाउने स्वास्थ्य युनिट बनाउने र फोकल पर्सन तोक्ने तयारी गरेको छ । कोरोना नियन्त्रणका लागि अरु दलालई पनि आह्वान गर्ने नभए एक्लै भए पनि लाग्ने माओवादी तयारी छ। ‘अरु दलहरुलाई पनि आह्वान गर्ने, तयार भएनन् भने माओवादी केन्द्र एक्लैले भए पनि पहल गरेर नागरिकको जीवन रक्षाका लागि काम गर्ने भन्ने छ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस