भारतीय जनताको हित विपरीत खोप निर्यात गरेका छैनौँ : सीरम

रासस

बुधबार, ०५ जेठ २०७८, २१ : ०३
भारतीय जनताको हित विपरीत खोप निर्यात गरेका छैनौँ  : सीरम

काठमाडौं । भारतीय जनताले मुल्य चुकाउनुपर्नेगरी खोप निर्यात नगरेकोे सीरम इन्स्टिच्युट अफ इन्डियाले जनाएको छ । कम्पनीका अनुसार जनवरी २०२१ मा कम्पनीसँग खोपको डोजको ठूलो भण्डारण थियो । 

खोप अभियान सफलपूर्वक सूरु भएको थियो र संक्रमित हुनेको दैनिक संख्यापनि अहिलेसम्मकै कम स्तरमा थियो ।  त्यही समय स्वास्थ विशेषज्ञसहित अधिकांश मानिसहरुलाई भारतमा महामारीको छाल हट्ने अनुमान थियो । ‘हाम्रो सरकारले यस अवधिमा संभव भएका ठाउँमा सहयोग ग¥यो,’ विज्ञप्तिमा भनिएको छ । 

महामारी समाप्त गर्नका लागि विश्वस्तरमा खोपको वितरण गर्न सकियोस् भन्ने कोभ्यासको प्रतिबद्धता र त्यसमा वैश्विक गठबन्धनको हिस्साका रुपमा भारतको समर्थन पनि कम्पनीले स्मरण गराएको छ ।

भारतजस्ता ठूला देशमा ठूलो मात्रामा खोपको आवश्यकता पर्ने पनि कम्पनी जनाएको छ । ‘मानिसले महसूस नगरेको एउटा महत्वपूर्ण पक्ष, हामी संसारकै ठूलो जनसंख्या भएका दुई देशमध्ये एक हौं । यस्तोमा मानिसका लागि खोप अभियान २–३ महिनाभित्रै पूरा गर्न सकिदैंन  किनकी यसमा धेरै चुनौतीहरु समावेश छन्,’ सीरमले भनेको छ । 

विश्वको सम्पूर्ण जनसंख्यालाई खोप लगाउन २–३ वर्ष लाग्ने पनि कम्पनीले जनाएको छ । अमेरिकी फर्मा कम्पनीहरुभन्दा दुई महिना ढिलो गरेर आपतकालिन प्रयोगको अनुमति पाएपनि कम्पनीले २० करोडभन्दा धेरै डोज खोप ढुवानी गरिसकेको दाबी गरेको छ । ‘यदी हामीले उत्पादन र ढुवानी भएको कुल खोपको डोज हेर्ने हो भने हामी विश्वको शीर्ष तीनभित्र आउँछौं,’ कम्पनीले भनेको छ,‘हामी यो दोहो¥याउन चाहन्छौं कि हामीले भारतीय जनताको हित विपरीत खोप निर्यात गरेका छैनौं । 

देशमा खोप अभियान अघि बढाउनका लागि जे सहयोग गर्नसक्छौं, त्यसमा हामी प्रतिबद्ध छौं ।’ भारतले विश्वका ७१ भन्दा बढी देशमा खोप ढुवानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस