आजको मौसम : ताउ–ते चक्रवातको प्रभाव अझैंपनि, धेरै स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, ०८ : ००
आजको मौसम : ताउ–ते चक्रवातको प्रभाव अझैंपनि, धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मौसममा अझैपनि चक्रवात ताउ–तेको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ–तेको प्रभाव नेपालमा रहेको र यो क्रम अझै केही दिन रहने बताइएको छ । 

बुधबार बिहान प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यदेखि पुर्ण बदली रहेको छ। कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भूभागको  एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

 यस्तै आज दिनभर देशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

यस्तै कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही नमा भारी वर्षाको सम्भावना रहेको छ ।  यस्तै रातिपनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस