व्यवस्थापनको अभावमा गाउँघरमा फैलिँदै सङ्क्रमण

रासस

मंगलबार, ०४ जेठ २०७८, १६ : १२
व्यवस्थापनको अभावमा गाउँघरमा फैलिँदै सङ्क्रमण

सर्लाही । दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्र रुपमा फैलिइरहँदा सर्लाहीका स्थानीय निकायको तयारी सुस्त देखिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय निकायहरुलाई कोरोना महामारीविरुद्ध तयारी गर्न आग्रह गरे पनि स्थानीय निकायको कुनै तयारी छैन । 

कतिपय स्थानीय निकायको तयारी सुस्त छ भने कतिले तयारी नै थालेका छैनन् । प्रदेश नं २ सरकारले पनि प्रत्येक स्थानीय निकायलाई क्वारेन्टिन र आइसोेलेशन व्यवस्थापन गर्न निर्देशन दिएको छ तर त्यसको पनि कार्यान्वयन भएको छैन । कोरोनाको पहिलो लहरमा गत वर्ष राम्रो तयारी गरेका यहाँका स्थानीय निकाय अहिले भने काममा लाग्न सकेका छैनन् । 

अघिल्लो वर्ष बन्दाबन्दी प्रभावितलाई राहत वितरणसँगै भारतसहित अन्य मुलुकबाट आएकाहरुलाई क्वारेन्टिनमा लैजाने, सङक्रमितलाई आइसोलेशन तथा अस्पतालमै पु¥याउने, कन्ट्याक्ट ट्रेसिङ गरेर जिल्लामा सङ्क्रमित खोज्न जनप्रतिनिधि नै लागेका थिए । हाल यस जिल्लामा सक्रिय सङ्क्रमित छ सय ७० पुगेका छन् भने २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले दैनिक कम्तीमा ४०÷४५ सङ्क्रमित थपिँदै छन् ।

जिल्लाका केही स्थानीय निकायहरुले कोरोना अस्पताल बनाउन लागेको जनाएका छन् । त्यसबाहेक थप आइसोलेशन निर्माण तथा अक्सिजनको व्यवस्था गर्ने काममा अझै ध्यान नपुगेको स्थानीय जानकार उमाशंकर साहकोे भनाई छ । ‘‘ऐन कानुनले स्थानीय निकायहरुलाई स्वायत बनाएको छ र जिम्मेवारी स्थानीय निकायलाई दिएको छ तर त्यस अनुसारको काम जनप्रतिनिधिहरुले गर्न सकिरहेका छैनन् । 

जनता सङ्कटमा परेकाले जनप्रतिनिधि सक्रिय हुनुपर्ने उनको सुझाव छ । छिमेकी देश भारतीय सीमाक्षेत्रमा भइरहेको आवतजावतलाई रोक्न र भारततर्फबाट आउनेहरुलाई कुन ठाउँमा राख्ने भन्ने विषयमा स्थानीय तहको कुनै चासो देखिदैन । 

प्रतिक्रिया दिनुहोस