देशका विभिन्न स्थानमा ४ जना मृतअवस्थामा फेला

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १५ : ४४
देशका विभिन्न स्थानमा ४ जना मृतअवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका-७ रंगपुर टोल बस्ने निर्जामुल अंसारीका छोराहरू ७ वर्षीय अमन अंसारी र ८ वर्षीय अहमान अंसारी घरबाट करिब ३ सय मिटर टाढा नवनिर्मित रंगपुर मदर्साको भवनमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । दुवै दाजुभाइ सोमबार साँझदेखि आफ्नै घरबाट हराएकामा प्रहरीले खोजी गर्ने क्रममा उक्त भवनमा उनीहरूको शव फेला परेको हो । 

यसैगरी मोरङको विराटनगर महानगरपालिका १२ सैनिक टोलस्थित सडकमा करिब ५० वर्षीय महेश मरीक नाम बताउने पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । रौतहटको परोहा नगरपालिका-६ बसन्तपट्टी बस्ने ३६ वर्षीय उपेन्द्र राउत पनि मृतावस्थामा फेला परेका छन् ।

 कुर्मी सोही ठाउँस्थित जग्गामा सोमबार मृत अवस्थामा फेला परेका हुन् । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस