लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनका लागि विपक्षी गठबन्धनबाट पाण्डेको उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १३ : ४२
लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनका लागि विपक्षी गठबन्धनबाट पाण्डेको उम्मेदवारी दर्ता

दाङ । जेठ १७ गते तय लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचनका लागि विपक्षी गठबन्धनबाट दीर्घनारायण पाण्डेयले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनबाट पाण्डेयले उम्मेदवारी दिएका हुन् ।

एमालेबाट जितेका पाण्डेयले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए । उम्मेदवारी दर्ता गराउँदै उनले आफ्नो जित सुनिश्चित भइसकेको दावी गरे ।सत्तारुढ नेकपा एमालेले भने चन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस