कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १२ : १२
कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

जनकपुरधाम । कोरोना संक्रमित अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु भएको छ ।सिरहाको लहान घर भएका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । महामारीमा पनि नागरिकको स्वास्थ्य सेवामा समर्पित उनी कोरोना देखिएसँगै ९ दिनदेखि होम आइसोलेसनमा थिए ।

स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारको लागि नोबेल अस्पताल भर्ना गरिएको थियो । अन्दाजी ३५ वर्षीय उनी लहानमा डाइग्नोस्टिक सेन्टरका संचालक हुन् ।

प्रतिक्रिया दिनुहोस