कोरोना संक्रमितको उपचारका लागि क्रिकेटर सन्दीप लामिछानेले शुरुवात गरे सहयोग अभियान

३ लाख रुपैंया आफैंले बैंक खातामा जम्मा गर्दै सहयोग गर्न अपिल

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, ११ : ५७
कोरोना संक्रमितको उपचारका लागि क्रिकेटर सन्दीप लामिछानेले शुरुवात गरे सहयोग अभियान

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि सहयोग पु¥याउने उद्येश्यले अभियान सुरु गरेका छन् ।

उनले आफ्नो नाममा बैंक खाता खोलेर त्यसमा शुरुवात रकम ३ लाख रुपैयाँ राख्दै सक्दो रकम जम्मा गर्न सबैसँग अपिल गरेका छन्। 

सामाजिक संजालबाट सहयोग अभियान बारे जानकारी दिैदैं उनले संकलित रकम स्थानीय निकायरप्रशासन कार्यालयको रोहबरमा अति प्रभावित क्षेत्र र स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताका आधारमा वितरण गर्ने बताएका छन् । उनले संकलित रकम बारे टिम सन्दीपले अपडेट गर्ने जनाइएका छन्।