प्रधानन्यायाधीश राणाले तोके : प्रधानमन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाई आफ्नै बेञ्चमा

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १० : ५४
प्रधानन्यायाधीश राणाले तोके :  प्रधानमन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाई आफ्नै बेञ्चमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ र गैर सांसदलाई मन्त्री बनाएको कार्य बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका रिटहरुको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलासमा तोकका छन् । 

रिट दायर गर्नेमा अधिवक्ता चन्द्रकान्त ज्ञवाली, सन्तोष भण्डारी, नवराज अधिकारी र  अधिवक्ता राजकुमार सुवाल रहेका छन् । प्रधानमन्त्रीले शपथ लिँदा केही शब्द नै उच्चारण गर्न नपर्ने भनेकोले यो शपथ पूर्ण नभएकाले तत्काल पुनः शपथ लिनु भनि अन्तरिम आदेश जारी गर्न माग गर्दै उनीहरुले रिट दायर गरेका हुन् । 

रिटमा प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गर्दै पुनः सवै शब्दहरु उच्चारण गरेर शपथ लिने व्यवस्था मिलाउन राष्ट्रपति कार्यालय शितल निवासको नाममा अन्तरिम आदेश जारी हुनुपर्ने समेत रिटमा उल्लेख छ।

त्यस्तै निवेदकहरुले संघीय संसदको सदस्य नभए पनि प्रतिनिधि सभाको एउटै कार्यकालमा दोहोर्‍याएर मन्त्री बनाइएका ७ जनाको नियुक्ति बदर हुनुपर्ने पनि माग गर्दै परेको रिट पनि प्रधानन्यायधिस राणाले आफ्नै ईजलासमा तोकेका हुन् । निवेदकहरुले गृहमन्त्री रामबहादुर थापा वादलसहितका सात मन्त्रीलाई गरेको नियुक्ति गैर कानुनी भएको निवेदनमा जिकिर गरिएको छ। 

प्रतिक्रिया दिनुहोस