घाँटी रेटेर हत्या गरिएको अवस्थामा २ बालकको शव फेला

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १० : १८
घाँटी रेटेर हत्या गरिएको अवस्थामा २ बालकको शव फेला

बारा । घाँटी रेटेर हत्या गरिएको अवस्थामा २ जना बालकको शव बाराको कलैया उपमहानगरपालिकामा फेला परेको छ। उनीहरु दाजुभाइ हुन् ।

CG Developers Tansen Cement box

कलैया उपमहानगरपालिका ७ रंगपुर टोल बस्ने जफार अन्सारीका ९ वर्षका छोरा उस्मान र ७ वर्षका छोरा अमिनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको बाराका प्रहरीले जनाएको छ । 

दुवैजना बालकको शव सोही स्थानमा निर्माणाधीन अवस्थामा रहेको मदर्साको भवनमा भेटिएको उनले बताए। सोमबार साँझ खेल्न गएका दुवैजना बालक बेपत्ता भएका थिए। मंगलबार बिहान दुवै जनाको विभत्स शव गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।