काठमाडौँ उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, १७ : २१
काठमाडौँ उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ३४६, भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जनामा संक्रमण देखिएको हो।

यसैगरी गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।