गरीब जनतालाई उज्यालो

रासस

सोमबार, ०३ जेठ २०७८, १६ : ११
गरीब जनतालाई उज्यालो

रोल्पा । सुनिल स्मृति गाउँपालिका – ४ ले गरीब जनताका लागि उज्यालो दिएको छ । वडाका २० युनिटभन्दा कम विद्युत् खपत गर्दै आएका ५२७  घरधुरीलाई विद्युत्  उपलब्ध गराइएको  हो । 

कोरोनाका  कारण लामो समयदेखि  रोजगारी गुमाएका गरीब तथा विपन्नलाई वडा कार्यालयको निःशुल्क उज्यालो कार्यक्रमले प्रत्यक्ष फाइदा पु¥याएको छ । 

कार्यक्रमअन्तर्गत वडाले  विपन्नको विद्युत्  महसुल नेपाल विद्युत प्राधिकरणमा भुक्तानी गरेको  छ । आठ सय २० घरधुरी रहेको वडामा विद्युत्को पहुँच भएका ७५९ घरधुरी छन् ।विद्युतको पहुँचमा रहेकामध्ये २० युनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीका लागि विद्युत  महसुल तिरिदिइएको वडाध्यक्ष गञ्ज  क्षेत्रीले  बताए । 
 

प्रतिक्रिया दिनुहोस