अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउन ‘धुर्मुस सुन्तली फाउण्डेशन’ सकारात्मक(भिडियो)

मंगलबार, २० चैत्र २०७४, २० : ०८

चितवन  ।  अन्तराष्ट्रिय क्रिकेट स्टेडियम निर्माणको तयारीमा रहेको धुर्मुस सुन्तली फाउण्डेशनको टोली मंगलबार चितवन आईपुगेको छ । सीताराम कट्टेल ‘धुर्मुस’ सहितको प्राविधिक टोलीले चितवनमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन सकारात्मक देखिएको छ ।  
भरतपुर महानगरका प्रमुख रनु दाहाल नेतृत्वको टोली र फाउण्डेसनका टोलीले आजै क्रिकेट स्टेडियम निर्माणका लागि भरतपुरको वडा नं. २० मा रहेको प्रस्तावित रंगशालको अध्ययन अवलोकन गरेको छ । धुर्मुसको टोलीमा कलाकारहरु कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाणे’, मनोज गजुरेल, छन् ।


अवलोकन पश्चात पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै सीताराम कट्टेल ‘धुर्मुस’ले जमिन अत्यन्तै राम्रो भएको बताए । महानगरको घोषणा स्वागत योग्य रहेको बताउदै आईसिसि सस्टम अनुसार फलो गर्नुपर्ने हुनाले ,त्यही अनरुप नै ठाउँको अवलोकन र अध्ययन पछि मात्रै परियोजनाको टुङगाईने जानकारी दिए । उपयुक्त जमिनलाई अवलोकन गरिरहेका छौ, उनले भने, हामी सम्भावित ठाउँमा आफै पुगेर हेरिरहेका छौ । स्टेडियम निर्माण गर्न सहज र उपयुक्त जमिनको खोजी गरेका हौ । सिद्धार्थ रंगशाला ,सैना मैनामा पनि अवलोकन गरेको जानकारी दिए ।


सरकारको समन्यमा बन्न लागेको ,पहिलो पटक अन्तराष्ट्रिय लेबलको भएकाले यसको टुङगो लाग्न एक दुई हप्ता लाग्ने बताए । कुन जिल्लाको कुन ठाउमा बन्ने भन्ने निणर्य नभई सकेको बताउदै उनले स्टेडियमको निर्माण समिति ,विज्ञ र प्राविधिक टोलीको छलफल पश्चात ठाँउको टुङको लाग्ने बताए । क्रिकेट खेल अफैमा टेक्निकल खेल भएकाले सबै मापदण्ड पुग्ने ठाउँमा स्टेडियम बनाईने जानकारी दिए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्टेडियम निर्माणका लागि चितवन उत्कृष्ट स्थान भएको बताईन् । देशको मध्य भागमा अवस्थित हुनुले ,हस्पिटल सिटि र सुरक्षाको दृष्टीकोणले पनि सवल रहेकाले भरतपुर महानगर यो परियोजनामा शत प्रतिशत सकारात्म रहेको बताईन् । भरतपुर महानगरपालिकाले १० विघा जमिन रहेको चित्रवन रंगशाला स्थललाई अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशला निर्माणका लागि प्रस्ताव राखेको हो ।


सीताराम र उनकी जीवनसंगीनी कुञ्जनाले नेतृत्व गरिरहेको संस्था धुर्मस सुन्तली फाउण्डेशनले यसअघि भूकम्प पीडितका लागि ३ वटा र बाढी पीडितका लागि १ वटा गरी ४ वटा नमुना बस्ती बनाइसकेको ‘धुर्मुस सुन्तली फाउण्डेशन’ले यसअघि नै घोषणा गरेको ‘नमुना नेपाल’को काम स्थगित गरेर अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउने तयारी गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस