‘भेन्टिलेटर ,एचडियू र  आइसियूका शय्या चाहिए बिएण्डसी आउनू’

रासस

आइतबार, ०२ जेठ २०७८, ११ : ४८
‘भेन्टिलेटर ,एचडियू र  आइसियूका शय्या चाहिए बिएण्डसी आउनू’

झापा । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर  झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ  । दक्ष स्वास्थ्यकर्मी , आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टीकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून  रहेको  जिकिर गरिएको छ । 

अहिले अस्पतालमा  प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी  काठमाडौँ, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा,  चितवन , कास्की , बाँके, मुगु, डोटी र  कैलालीलगायत जिल्लाका  सङ्क्रमित उपचाररत  छन् । महँगो ‘हवाई  लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले  सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौँसहित विभिन्न जिल्लामा भेन्टिलेटर, सघन उपचार कक्ष  (आइसियू) तथा अक्सिजनका चरम अभाव हुन थालेपछि  सङ्क्रमित बिएण्डसीमा उपचारार्थ जानेक्रम जारी छ ।   

अहिले भर्ना भएका सङ्क्रमितका स्वास्थ्यावस्था सुधारोन्मुख, भेन्टिलेटर मुक्त र डिस्चार्ज हुनेक्रम जारी भएको अस्पतालले जनाएको छ ।  शनिबार मात्र जनता बैँकका पूर्वअध्यक्ष एवम् ग्लोबल बैँकका निर्देशक केशव रायमाझी र उनकी पत्नी पवित्रा  ‘हवाई  लिफ्ट’ गरी अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ  । बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँद्वारा आज जारी विज्ञप्तिमा कोरोनालाई जितेर बिएण्डसीबाट घर फर्किने दर उच्च  र जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ “अस्पतालमा कोरोनाका सङ्क्रमितका लागि  अतिआवश्यक पर्ने भेन्टिलेटर , ,एचडियू, आइसियू तथा अक्सिजनको हालसम्म  अभाव  छैन । बिरामीका जीवन बचाँउने ती सामग्रीको आवश्यक व्यवस्था मिलाएका छौँ  । ” अस्पतालले  सङ्क्रमितलाई उपचार गर्न  हाल २०० श्यया सञ्चालनमा ल्याएको छ  । ‘हवाई  लिफ्ट’ गरी सङ्क्रमित धमाधम बिएण्डसी आउनेक्रम जारी रहेपछि अस्पतालले विशेष कोभिड श्यया थपेको थियो । आवश्यकता परेमा श्यया थपिने र आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आउन अन्तीम तयारी भइरहेका  विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा मौज्दात  रहेका ६५ भेन्टिलेटर सहित आइसियू मध्ये गम्भीर सङ्क्रमितका लागि छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उल्लेख छ ।  

अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कूल ९०० श्यया छ । “ महामारीसँग जुध्न ’¥यापिड रेस्पोन्स टिम’ सक्रिय छ । अस्पताल आउने सङ्क्रमित वृद्धि भएमा आवश्यक प¥यो भने सबै श्यया उपचारमा लगाउन सकिन्छ । यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ । उपचारको अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने नै अस्पतालको ध्येय रहेको छ । ”कार्यकारी निर्देशक प्रसाईँले भने। 

विशेष गरी कोभिडका बिरामीलाई  क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहेको अस्पतालले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस