काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको स्वीकारेका छन् । एमालेका नेता महेश बस्नेतले एक टिभीको अन्तर्वार्तामा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री मागेको खबर सार्वजनिक गरेपछि भट्टराईले ओलीलाई भेटेको खुलासा गरेका हुन् ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले आइतबार ट्वीटरमार्फत् महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओलीलाई होइन प्रम ओलीलाई भेटेको बताएका छन् । एमाले नेता बस्नेतले डा बाबुराम भट्टराई रातको एक बजे गएर प्रधानमन्त्री ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री दिन मागेको खबर सार्वजनिक गरेका थिए ।
खबर सार्वजनिक भएपछि भट्टराईले मैले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रिय सरकार बनाऊ भनेको बताएका छन् । भट्टराईले भनेका छन्, ‘उहाँले नमानेपछि अरूलाई नभनेको हुँ,’ । उनले अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह पनि गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई भेट्दा आफूले प्रधानमन्त्री नमागेको बताए । डा भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीबाहेकका असल व्यक्तिलाई प्रधानमन्त्री बनाएर राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ जेठ २०७८, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
नेसपा नयाँ शक्तिको १०औँ स्थापना दिवस मनाउँदै
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छः भट्टराई