इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना भएको हो अधिकारीहरुले बताएका छन् ।
मृत्यु भएका ११ जनामध्ये सात जना बालबालिका, तीन महिला र एक पुरुष रहेका छन् । घटना भएलगत्तै प्रहरीले उक्त स्थानमा पुगेर नहरमा डुबेका व्यक्तिहरुलाई बाहिर निकालेको थियो ।
प्रहरीका अनुसार एउटा परिवारका सदस्यहरु पञ्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर आफ्नो गाउँ खानखा डोगरान फर्किदै थिए । प्रत्यक्षदर्शीहरुले नहरको बाटोमा तिब्र गतिमा भ्यान दौडिएको र अनियन्त्रित भएर नहरमा खसेको बताएका छन् । पाकिस्तानमा सडकको अवस्था कमजोर रहेका कारण वर्षैपिच्छे धेरै सडक दुर्घटना हुने गरेका छन् । (एएनआई)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ जेठ २०७८, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला